अजम्बरी सामुदायिक वनमा वृक्षारोपण

दाङ समाचार
दाङ समाचार १७ असार २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – स्वच्छ तथा स्वस्थ समाज निर्माणमा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ लमही नगरपालिकाले अजम्बरी सामुदायिक वन भित्र वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको छ ।

वृक्षारोपण गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले रुख बिरुवा र मानिसको सम्बन्ध नङ मासुको जस्तै भएको बताए । रुख बिरुवाबाट मानिसलाई अक्सिजन प्रदान गर्ने भएकोले हरेक मानिसले बिरुवा रोप्नै पर्ने बताए ।

त्यस्तै नगर उपप्रमुख लक्ष्मी योगीले बोटबिरुवाले हाम्रो वरपरको वातावरण स्वच्छ राख्ने भएकोले विनाश गर्न नहुने बताईन । दिनदिनै बढ्दै गएको दुषित वातावरणलाई अक्सिजन प्रदान गरि सहयोग गरेको बताईन ।

वृक्षारोपण कार्यक्रममा लमही नगरपालिकाका कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, जनप्रतिनिधि लगायतले लमही नगरपालिका ५ को अजम्बरी सामुदायिक वन क्षेत्रमा भित्रको खाली जग्गामा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

प्रतिक्रिया दिनुहोस्