राष्ट्रिय शोकको दिन मधेश प्रदेशसभाको बैठक, विपक्षीले गरे बहिष्कार

दाङ समाचार
दाङ समाचार २५ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन प्रदेशसभा बैठक राखेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेका सांसदहरुले मधेश प्रदेशको बैठक बहिष्कार गरेका छन् ।

शनिबारको बैठक प्रारम्भ भएलगत्तै लोसपा र एमालेका सांसदहरुले नेपाल सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाएको बताउँदै उनीहरुले बैठक बहिष्कार गरिएको घोषणा गरेका हुन् ।

बैठक सुरु भएलगत्तै लोसपा सांसद परमेश्वर साह र उपेन्द्र महतो, नेकपा एमालेका सांसल किशोरी साह ‘कमल’ ले शोक घोषणा गरेका दिन बैठक बोलाएकोबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुख सरोज कुमार यादवले बैठकलाई निरन्तरता दिएपछि यी सांसदले बैठक बहिष्कार भएको घोषणा गर्दै बैठकबाट बाहिरिएका छन् । बैठक बहिष्कार गरिएपछि सभामुख यादवले आजै १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएपछि नेपाल सरकारले शनिबार शोक मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्