१०२ जनामा कोरोना संक्रमण पुष्टि

दाङ समाचार
दाङ समाचार २५ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ । १५३९ पीसीआर परीक्षणमा ७२ र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जना गरी १०२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्