मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार २ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

दाङ – बाँकेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका राप्ती सोनारी गाँउपालिका ७ निबुवाटारमा भे ७ प १५२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका ५ बिनौना निवासी ५० वर्षीय बुचु थारु रहेका छन् । गम्भीर घाइते भएका थारुको उपचारका क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा आइतबार बेलुका मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

त्यस्तै ठक्कर दिने मोटरसाइकल चालक जरैयाका अन्दाजी २३ वर्षीय नवीन बुढामगर घाइते भएका छन् । उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्