दाङ – घोराहीबाट संचालित मेचीकाली अनलाइनले सोमबार एक कार्यक्रमको आयोजना गरेर ७ औं वार्षिक उत्सव मनाएको छ । उक्त वार्षिक उत्सवका अवसरमा मोफसलको अनलाइन पत्रकारिताको विकासका लागि तुलसीपुर अनलाइनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको उच्च मुल्यांकन गर्दै सम्मान गरेको छ ।
साथै पत्रकारिताको समग्र विकासका लागि तुलसीपुर अनलाइनले आगामी दिनमा अझै अविच्छिन्न भूमिका निर्वाह गर्न सकोस् भनेर अपेक्षा समेत गरिएको छ । उक्त अनलाइनले आफ्नो वार्षिक उत्सवका अवसरमा पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमलाई पनि सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्