विपतको पुर्व तयारीबारे प्रदेश सरकारसंग संबाद

दाङ समाचार
दाङ समाचार २ श्रावण २०७९, सोमबार
2 Min Read
Aa

सुशील बस्नेत , बुटवल

संबाद समुह लुम्बिनी प्रदेशले प्रदेशमा विपतको पुर्ब तयारी र हालको अवस्थाका बारे बुटवलमा संबाद गरेको छ ।

आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिब कोमल प्रसाद धमलाले भावमा योजना बनाउने तर अभावमा काम गर्ने प्रवृत्ति रहेको बताउदै कागजमा हेर्दा धेरै तर काममा कमी नै रहेको बताए । अब समन्वयकारी भूमिका र प्रभाकारिताको आबश्यकतामा जोड दिनु पर्नेमा उनले जोड दिए ।

नेपाली सेनाका सहायक रथी नवराज गुरुङले विपत सामाग्री महङ्गो रहेकाले स्थानीय सरकारसंग समन्वय गर्नुपर्ने सुझाव दिए ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायले विपतमा सबै भन्दा छिटो खट्ने र पुग्ने नेपाल प्रहरीका चौकी र ईप्रकामा विपत सामाग्री नै नहुँदा उद्वारमा कठिनाई हुने गरेको बताए ।

स्वास्थ तथा जनसख्या मन्त्रालयका प्रबक्ता डाक्टर पुष्पराज पौडेल,आन्तरिक मामिला, कानुन तथा सन्चार मन्त्रालयको विपत महाशाखाका प्रमुख बाबुराम पन्थी, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुरज खडका, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका नासु जीवन आचार्यले आफ्नो मन्तव्य राखेका थिए ।

त्यस्तै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनाल, नेपाल रेडक्रसका प्रदेश महासचिव कृष्ण पङेनी, गाउँपालिका महासंघ लुम्बिनी प्रदेशका रबिन गौतम, गैरसरकारी संस्था महासंघका रबिन गौतम, संबाद समुहका सदस्य अधिबक्ता महेन्द्र पाण्डे, बाबुराम खनाल, माया ज्ञवाली, राधिका परियार, वरिष्ठ सहजकर्ता सुशील बस्नेत लगायतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण सहजकर्ता बिक्रम खडकाले गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्