पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध

दाङ समाचार
दाङ समाचार ३ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ– वर्षाका कारण सोमबार साँझ पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ ।

राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको चोरखोला नजिकै पहिरो जाँदा सोमबार रातिदेखि सडक अवरुद्ध भएको हो ।

पहिरोसँगै माथिबाट ठूलो ढुंगा खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले वर्षातका कारण उक्त स्थानमा चार ठाँउमा ठूलो पहिरो गएको बताए । सोमबार रातिदेखि नै पहिरो हटाउन प्रयास भए पनि पुनः पहिरो खस्दा कठिनाइ भइरहेको उनको भनाइ छ ।

अहिले दुई वटा डोजर लगाएर पहिरो पन्छाउन सुरक्षाकर्मी खटाइएको डीएसपी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्