दैलेखमा पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

दाङ समाचार
दाङ समाचार ३ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका-३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हाे ।

कर्णाली- कोटाछाल- दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

साेमबार बेलुका उनीहरू मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । दुई बालबालिकाकाे मृत्यु भएको पुष्टि भएछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्