राप्रपाका चार नेताले पार्टी छाडे

दाङ समाचार
दाङ समाचार ३ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी छाडेका छन् ।

नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टी छाडेको बताएका छन् ।

राप्रपाभित्र आन्तरिक प्रजातन्त्र नरहेको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको भन्दै उनीहरुले अपमानित भएर पार्टीमा बस्न नसक्ने बताएका छन् ।

पार्टीबाहिर रहेका राष्ट्रवादी, प्रजातन्त्रप्रेमी व्यक्ति, समूह र पार्टीलाई राप्रपाको मूलधारमा समेट्न आफूहरुले प्रयास गरेको तर पार्टी नेतत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले लाञ्छना लगाउने र अपराधी करार गर्न खोजेको उनीहरुले बताएका छन् ।

राप्रपाले पार्टी हित विपरीत गतिविधि जारी राखेको, अनधिकृत वार्ता समिति बनाएको लगायतका आरोप लगाएर नेताहरु गिरी, तिमल्सिना, राजभण्डारी र राजाराम श्रेष्ठलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्