काठमाडौं – सहरी विकासमन्त्री मेटमणि चौंधरीले मन्त्री पदबाट हटदा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् ।
मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढि हाँसेर जाने बताएका हुन् ।
मन्त्री चौंधरीले मन्त्रीको रुपमा आफू सधैं नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने, ‘माननीयजीहरुले शुभकामना दिने बेलामा धेरै महत्वपूर्ण सुझावहरु दिनु भएको छ । आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नु भएको छ । मलाई क्लियर के छ भने मन्त्री हुने कुरा रेगुलर प्रोसेसको कुरा हो । म सधैंभरी रहि रहदिन । त्यसै म जाँदा खेरी जसरी हाँसेर आएको छु । जाँदाखेरी यो भन्दा बढि हाँसेर जान्छु ।’

प्रतिक्रिया दिनुहोस्