कांग्रेसको निर्णय सही छ, गठबन्धनमा यताउता हुन्न

दाङ समाचार
दाङ समाचार ४ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका विषयमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णय सही भएको बताएका छन् ।

मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरु पनि यही गठबन्धनलाई अघि बढाउनुपर्छ भन्नेमा प्रष्ट रहेको बताए ।

सोमबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले ‘जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने’ निर्णय गरेको थियो ।

कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ’ उनले भने, ‘यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्रो कहिँ छैन ।’

प्रतिक्रिया दिनुहोस्