कांग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा

दाङ समाचार
दाङ समाचार ४ श्रावण २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा नियुक्त भएका छन् ।सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् । सचेतक रहेकी पुष्पा भुसाल पनि उपसभामुख निर्वाचित भएपछि दुवै पद रिक्त थियो । रिक्त पदमा देउवाले नयाँ नियुक्ति गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्