थप ३९१ जनामा कोरोना पुष्टि, २२७६ जना सक्रिय संक्रमित

दाङ समाचार
दाङ समाचार ४ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५४ जनाले ज्यान गुमाएका छन ।

बुधबार ४६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २ हजार २७६ जना सक्रिय संक्रमित रहेका छन। गत चौबीस घन्टामा २ हजार ५६२ पीसीआर तथा १ हजार ४१९ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्