भुमी व्यवस्थाका सवालमा सम्वाद

दाङ समाचार
दाङ समाचार ४ श्रावण २०७९, बुधबार
2 Min Read
Aa

सुशील बस्नेत,बुटवल

लुम्बिनी प्रदेशको भुमि व्यवस्था सम्बन्धी सम्बाद बुटवलमा सम्पन्न भएको छ । संबाद समूह लुम्बिनी प्रदेशको आयोजनामा कृषि तथा भुमी ब्यबस्थापन मन्त्री सुमन शर्मा रायमाझीले आयोग र प्रदेश सरकारबिच समन्वय हुन सकेको बताए । जसका कारण ठूलो बजेट बिनियोजन गर्न सकिने अबस्था हुदा हुँदै समन्वय र सहकार्यका लागि आयोगका कोईपनी नआउदा बजेट शिर्षकमा मात्र १ लाख बजेट बिनियोजन गरिएको बताए ।

भुमी आयोग रुपन्देहीका अध्यक्ष हरी बहादुर आचार्य, पाल्पाका अध्यक्ष मोहन गैरे, कपिलवस्तुका अध्यक्ष शिव पौडेलले प्राबिधिक जनशक्तिको अभावका कारण पुर्जा बितरणको कार्यमा ढिलाई भएको बताए । तर प्रदेश सरकारको भुमिका बारेमा जानकारी नहुँदा आयोगले लिन सक्ने प्राबिधिक तथा आर्थिक सहयोग प्राप्त गर्न नसकेको बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेले अव्यवस्थित बसोबासिका लागि जग्गा बितरणको तयारी भैइ रहेको बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाई, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, कृषि तथा भुमि ब्यबस्थापन मन्त्रालयको भुमी ब्यबस्थापन महाशाखाका प्रमुख अनिल मरासिनी, भुमी आयोग रुपन्देहीका पूर्व अध्यक्ष हरी बहादुर आचार्य लगायतले भुमी ब्यबस्थापनका लागि अवसरका रुपमा संबाद र समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा सहजकर्ता बिक्रम खड्काले बिषय प्रवेश र सहजीकरण वरिष्ठ सहजकर्ता सुशील बस्नेतले गरेका थिए । यसअघि संवादले भुमी ब्यबस्थापन सम्बन्धमा ३ चरणमा कार्यक्रम गरेको थियो भने गत साउन २ गते बिपतको पूर्व तयारी र हालको अबस्था बारेमा र प्रदेश समन्वय परिषद्को कृयाशिलताका सवालमा मुख्यमन्त्री कुल प्रसाद केसी सँग बैठक सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्