करका दर हेरफेर गरेको समाचार लेख्ने पत्रकारले दिए बयान

दाङ समाचार
दाङ समाचार ४ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ– करका दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको समाचार लेख्ने पत्रकारहरुसँग पनि संसदीय विशेष छानबिन समितिले सोधपुछ गरेको छ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले जेठ १४ गते राति अनाधिकृत रुपमा व्यक्तिलाई प्रवेश गराएको विषयमा समाचार लेख्ने अन्नपूर्ण पोष्टका पत्रकारसँग सोधपुछ गरेको हो। समितिले बोलाएपछि जानकारी दिन अन्नपूर्णका सम्पादक अखण्ड भण्डारी संसदीय समितिमा पुगेका हुन्।

अनाधिकृत व्यक्तिको प्रवेशबारे अन्नपूर्ण पोष्टले पहिलो पटक समाचार सार्वजनिक गरेको थियो। ११ सदस्यीय छानबिन समितिले अर्थ मन्त्रालयका सचिवसहितका उच्च तहका अधिकारीहरुसँग घटनाबारे सोधपुछ गरेको छ।

बुधबार निवर्तमान अर्थमन्त्री शर्मासँग पनि सोधपुछ गर्ने तयारी भए पनि नभ्याइएको समितिका एक सदस्यले जानकारी दिए। संभवत बिहीबार शर्मासँग समितिले घटनाबारे जानकारी लिनेछ।

प्रतिक्रिया दिनुहोस्