नाबालिका अपहरणमा प्रेमी–प्रेमिका पक्राउ, नाबालिकाको सकुशल उद्धार

दाङ समाचार
दाङ समाचार ४ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

मोरङ – विराटनगरमा एक बालिका अपहरणमा संलग्न दुई जना पक्राउ परेका छन्। महानगरपालिकाको रोडशेष चौक क्षेत्रबाट अपहरणमा परेकी १ वर्षीया नाबालिका निकिशा यादवको अपहरणको आरोपमा प्रहरीले महानगर ५ की २७ वर्षीया अनु साह र महानगरपालिका ६ का २७ वर्षीय रवीन्द्रकुमार साहलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार बूढीगंगा गाउँपालिका–१ का दिपेन यादवको अपहरणमा परेकी छोरीलाई भारतको दरभंगाबाट सकुशल उद्धार गरेपछि साहद्वयलाई मंगलबार पक्राउ गरिएको थियो। अपहरणकार्यमा संलग्न प्रेमीप्रेमिका रहेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्