तुलसीपुरबाट चारजना लागुऔषध कारोवारी पक्राउ

दाङ समाचार
दाङ समाचार ६ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ –  तुलसीपुरबाट चारजना लागुऔषध कारोवारीलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार साँझ ६ बजेतिर ४ सय ९० मिलिग्राम ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरिएको हो ।

तुलसीपुर-६ शिवा शिखर कोलोनी टोलमा लागुऔषध बिक्रि वितरण भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तुलसीपुर-६ ज्ञानज्योति टोल बस्ने २१ वर्षीय अर्जुन नेपलीको साथबाट १ पुडिया, तुलसीपुर ६ सुकौरा रोड बस्ने २५ वर्षीय सागर गन्धर्बको साथबाट ६ पुडिया, तुलसीपुर ५ बसपार्क बस्ने २३ वर्षीय सन्तोष बिकको साथबाट २ पुडिया र सोही ठाउँ निवासी २५ वर्षीय निर्मल घर्तीको साथबाट १ पुडिया ब्राउनसुगर बरामद गरेकाे छ ।

उनीहरु चारैजनालाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २३ हजार रूपैयाँ नगद समेत बरामद गरिएको छ । प्रहरी निरीक्षक बखत बहादुर शाहीको कमाण्डमा खटिएको ८ जना प्रहरीको टोलीले उनीहरुलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्