आज पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवस मनाइँदै

दाङ समाचार
दाङ समाचार ७ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ– आज साउन ७ गते। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै छ।

सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ २००६ सालमा पुष्पलालको नेतृत्वमा नेकपा स्थापना भएको थियो।

पुष्पलालले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए।

१९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको माइला छोराका रुपमा रामेछापको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

पञ्चायती व्यवस्थाका बेला तत्कालीन सरकारले उनको शव समेत नेपाल ल्याउन दिएको थिएन।

प्रतिक्रिया दिनुहोस्