काठमाडौँ – सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच कमजाेर आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ।
उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले कमजाेर आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि वार्षिक चार लाख अस्सी हजार सहयोग उपलब्ध गराउनेछ।
सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ। उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको हो।
नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंंह र सानिमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज सरागाईंले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्