कांग्रेससँग देशैभर चुनावी तालमेल हुन्न : वर्षमान पुन

दाङ समाचार
दाङ समाचार ८ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – आउँदो मंसिरमा हुने संघ र प्रदेशको चुनावमा कांग्रेससँग देशैभर चुनावी तालमेल नहुने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन्।

पाँच दलीय गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिन जोड दिँदै आए पनि पुनले बुधबार कांग्रेस आवश्यकताका आधारमा मात्रै चुनावी तालमेल हुने बताएका हुन्।

ञ्चार माध्यमसँग कुरा गर्दै नेता पुन ले भने, ‘कांग्रेससँग आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ।’ कांग्रेसले आफूलाई बहमुत आउने गरी चुनावी तालमेल गर्न खोजेको भन्दै माओवादी, एकीकृत समाजवादी, जसपासहितका गठबन्धनमा आबद्ध दल झस्किएका छन्।

पुनले आउँदो चुनावमा माओवादी, समाजवादी, जसपा, जसपाको बाबुराम पक्ष, वामदेव गौतमसहितको समाजवादी केन्द्र बन्ने र चुनावमा सहभागी हुने जानकारी दिए।

समाजावादी केन्द्र बनाउने निर्णय भइसकेको उल्लेख गर्दै पुनले मोर्चा बनाएर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने जानकारी दिए। उनले भने, ‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ।

चुनावमा हामी मोर्चा बनाएरै जान्छौं। समाजवादी केन्द्रबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौँ।’ समाजवादी केन्द्र निर्माणका लागि नेताहरु निरन्तर छलफलमा छन्।

पाँच दलीग गठबन्धन बनाएर जाँदा आफूलाई कम्तिमा १०० सिट सुरक्षति गरेर मात्रै बाँकी ६५ सिटमा तालमेल गर्ने रणनीति कांग्रेसले लिएको छ।

त्यसो हुँदा झण्डै एकल बहुमतमा पुग्न सकिने विश्लेषण कांग्रेसले गरे पनि माओवादी समाजवादीसहितका दलहरु कांग्रेसलाई धेरै बलियो बनाउन नहुने पक्षमा छन्। केही दिनअघि समाजवादीका अध्यक्षमा माधव नेपालले कांग्रेसको व्यवहारबाट आफूहरु झस्केको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्