नक्कली नोटसहित एक जना भारतीय नागरिक पक्राउ

दाङ समाचार
दाङ समाचार ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रहरीले नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित प्रहरीले ४० वर्षीय लालमोहन पासवानलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्ने लालमोहन भारतीय नागरिक हुन्।

पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका-११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरीक कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार पासवानको साथबाट ५० हजार रुपौयाँ बरामद गरिएको छ। घटनाबारे आफूहरूले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्