सोमबार एकैदिन ५६८ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार ९ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– नेपालमा सोमबार एकैदिन ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ४ हजार ८०० जनाको नमूना परीक्षण गर्दा ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

 मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा ४५३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, १ हजार ७१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११५ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।

एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।  थप ५६८ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ पुगेको छ।

२४ घण्टाको अवधिमा ९५ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५७ पुगेको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्