यामाहा नेपालले ल्यायो सहुलियत दरको नयाँ ईएमआई अफर– यामाहा फाइनान्स

दाङ समाचार
दाङ समाचार १० श्रावण २०७९, मंगलवार
3 Min Read
Aa

काठमाडौं- नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले बहु-सुविधासहितको नयाँ ईएमआई बजारमा ल्याएको छ।

देशमा व्याप्त आर्थिक मन्दिको असरलाई ध्यानमा राखी, सेवाग्राहीहरूलाई सहुलीयतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक/स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ गत शुक्रबारबाट यस फाइनानसिङ योजना सञ्चालनमा ल्याइएको हो।

कम्पनीका अनुसार, उक्त योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइक/स्कुटर लिन चाहने सेवाग्राहीहरूले अब मात्र ४० प्रतिशत अग्रिम भुक्तानी गरी १८ महिने, २४ महिने र ३० महिनेसम्मको अधिक फाइनानसिङ सुबिधाहरूको लाभ लिन सक्नेछन्।

यामाहाको बाइक/स्कुटर खरिद गर्दा ग्राहकहरूले विभिन्न ‘प्राइस रेञ्ज’ अन्तर्गत निम्न ईएमआई अफरहरू प्राप्त गर्न सक्नेछन्ः

यस योजनाअन्तर्गत रु. ३,२३,९०० पर्ने एफ्‌जेड १६ एफआईको खरिदमा ४०% अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजनागरी प्रतिमहिना क्रमशः रु ११,३१६ , रु. ८,७८९  र रु. ७,३४७  को ईएमआई भुक्तान गर्नु पर्नेछ।

रु.३,४७,९००  पर्ने एफ् जेड एक्स एफ्आई डब्ल डिस्कको खरिदमा ४०% अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १२,१५४ , रु.९,४४०  र ७,८९२  को ईएमआई भुक्तान गर्नु पर्नेछ।

यसैगरी, रु. ३,९४,९००  पर्ने एफ्‌जेडएक्स भि ०३ एक्स- कनेक्टको खरिदमा ४०% अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु १३, ७९१ , रु. १०,७१५  र रु. ८,९५८  को ईएमआई भुक्तान गर्नु पर्नेछ।

र, रु. ४,३५, ९००  पर्ने एफजेड एक्सको खरिदमा ४०% अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः रु. १५,२२९ , रु. ११,८२८  र रु. ९,८८८को ईएमआई भुक्तान गर्नु पर्ने कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार, एम्टी १५ बि एण्ड बि, आर १५ भि ३, र आर १५ एम मोडलको बाइक खरिद गर्ने चाहनेहरूले भने ५० % अग्रिम भुक्तानी गर्नु पर्नेछ। एम्टी १५ बि एण्ड बि मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु.१४,०८८ , रु. १०,९४२, र रु. ९,१४७ को ईएमआई भुक्तान गर्नु पर्नेछ।

आर १५ भि ३ मोडलको खरिदमा रु.१५,२८२ , रु. ११, ८६९, र रु. ९,९२२ को ईएमआई भुक्तान गर्नु पर्नेछ। र, आर १५ एमको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १७,११६ , रु. १३,२९३  र रु. ११,११३ को ईएमआई भुक्तान गर्नु पर्नेछ।

यसैगरी, रेजेड्आर ड्रम १२५, रेजेड् ११३ र रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलका स्कुटरहरू खरिद गर्न चाहनेहरूले ४०% अग्रिम भुक्तानी मै लिन सक्ने कम्पनीले जनाएको छ।

रेजेड्आर ड्रम १२५ मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. ९,१५० ,  रु. ७,१०६  र रु.५,९४१  को ईएमआई भर्नु पर्नेछ। रेजेड् ११३ मोडलको स्कुटरको खरिदमा क्रमशः रु. ७,६८२ , रु. ५,९६७  र रु.४,९८८  को ईएमआई भर्नु पर्नेछ।

त्यसैगरी, रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलको स्कुटर खरिद गर्न चाहनेहरूले १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १०,१२८ , रु. ७,८६६, र रु ६,५७६  को ईएमआई भर्नु पर्ने कम्पनीले जानकारी दिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्