सल्यानको कुपिन्डे तालमा डुबेर दाङका एक जना वेपत्ता

दाङ समाचार
दाङ समाचार १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – सल्यानको कुपिन्डे तालमा डुबेर दाङका एक जना वेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब साढे १२ बजेतिर तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

बेपत्ता हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ निवासी ३५ वर्षिय जिवन बस्नेत रहेको छन् । उनी टिकटक बनाउने क्रममा तालमा खसेर डुब्दा वेपत्ता भएका हुन् । उनले धादिङ खानिबास गाउँपालिका-३ घर भएका ३२ वर्षिय मुल बहादुर तामाङलाई कुपिन्डे ताल घुमाउन लगेका थिए ।

उनीहरुबिच वैदेशिक रोजगारको सिलसिलामा दुबईमा परिचय भएको थियो । अहिले उनको खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्