काठमाडौं – भारतको मुम्बईमा क्यान्सर उपचारपछि काठमाडौं फर्केका नेपाली कांग्रेसका नेता प्रदीप गिरी फेरि ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका छन् । दुई दिनअघि काठमाडौं फर्केका उनमा निमोनिया देखिएसँगै मेडिसिटी भर्ना भएका हुन् ।
प्राप्त जानकारी अनुसार गिरीको स्वास्थ्यमा सामान्य समस्यामात्रै देखिएको हो । कांग्रेस सांसदसमेत रहेका गिरी केही समययता अस्वस्थ रहँदै आएका थिए । शारीरिक अस्वस्थताकै कारण कांग्रेसको पछिल्लो महाधिवेशनमा उनी सक्रिय रुपमा सहभागी भएनन् ।
सुरुमा उनको घाँटीमा समस्या देखिएको थियो । त्यसपछि उनी हिन्दुजा अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्