पार्टी पदाधिकारीमा विवाद छैनः शर्मा

दाङ समाचार
दाङ समाचार १० श्रावण २०७९, मंगलवार
3 Min Read
Aa

दिवाकर पोखरेल, दाङ 

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्मा (प्रभाकर) ले पार्टी पदाधिकारीमा कुनै विवाद नभएको बताए । नेकपा (माओवादी केन्द्र) लमही नगर कमिटिले आयोजना गरेको भेटघाट कार्यक्रममा स्थायी समिति सदस्यले महासचिवको विषयमा विवादका कारण पदाधिकारी टुङ्गो लाग्न नसकेको भन्नु गलत भएको बताए ।

उनले भने अनन्त र मेरो नाम जोडेर विवाद छ भन्ने कसैलाई लाग्या छ भने त्यो पटक्कै होइन, त्यो दिमागबाट निकाली हाल्नुस् । (माओवादी केन्द्र) का प्रभावसाली नेता शर्माले पदाधिकारी टुङ्गो लगाउनको लागि आफु र बर्षमान पुन अनन्तले पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेको अध्यक्षले दिएको जिम्मेवारीमा आफुहरुको सहमति हुने कुरा बताएको जानकारी समेत दिए ।

कार्यकर्ताले राखेका जिज्ञासा हल गर्दै शर्माले समाजवादमा विश्वास गर्नेहरुको प्रगतिशील दलहरुको एकता गरी बैकल्पिक शक्ति निर्माण हुने दावी समेत गरे।

समाजवादी केन्द्र निर्माण गर्ने विषयमा बाबुराम, माधव, बामदेव लगायत अन्य बामपन्थी शक्तिहरुको विचमा छलफल चलेको छ, टुङ्गोमा पुगेको छैन । यसमा पहल मैले पनि थालेको छु, शर्माले भने । निवर्तमान अर्थमन्त्री शर्माले माक्सवादलाई कलात्मक ढङ्गबाट लागु गर्नुनै अहिलेको आवश्यकता भएको बताए ।

माक्सवादलाई कलात्मक ढङ्गबाट लागु गर्दै त्यसको लागि माओवादीले जितेका पालिका र वडामा काम गरेर देखाउन समेत उनको आग्रह थियो । अर्थमन्त्रालयको बजेट निर्माण र अर्थमन्त्रीको रुपमा राजीनामा र छानविनको विषयमा उनले छानविन चलरहेकोले यस विषयमा नवोल्ने र केहि दिनमा कुराहरु बाहिर आउने उनले बताए । नेपालबाट दुइबर्ष भित्र गरिवी हटाउने गरी बजेट निर्माण गरिएको र बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै उनले आफुले ल्याएको बजेट बैज्ञानिक भएको दावी गरे ।

कोइलाबास नाकाको स्थलगत निरीक्षण

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा (प्रभावकार)ले कोइलावास भन्सार कार्यालय र कोइलाबास नाकाको स्थलगत अवलोकन गरेका छन । कोइलाबास नाका संचालनको लागि दुइ देशविच सहमति हुनुपर्ने त्यसको लागि प्रयास भइरहेको उनको भनाई छ । यो नाका पूर्णरुपमा संचालनमा आउन जरुरी छ । त्यसको लागि मैले पनि पहल थालेको छु, उनले भने ।

कोइलाबास क्षेत्रको उत्तर तर्फको जंगली क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने उनको भनाई छ । भारतीय पर्यटकलाई आकर्षण गर्नको लागि यि पहाडमा सेवा सुविधा सहित पार्क निर्माण गर्नुपर्छ, उनले भने । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर), गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल (विश्वास), गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष खालिक सिद्धिकी, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य निर्मल आचार्य, हेमराज शर्मा (डायमण्ड), नारायणी शर्मा (प्रतिक्षा), नेता विश्वराज आचार्य, लमही नगरपालिकाका इञ्चार्ज बसन्तराज शर्मा (विक्रान्त) लगायतको सहभागिता रहेको थियो ।

यस्तै निवर्तमान अर्थमन्त्री जर्नादन शर्मासंग गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल विश्वास र गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विरवहादुर आलेले गढवा गाउँपालिका वडा नं ६ को मनिकापुर देखी गढवा जोड्नको लागि पुलको आवश्यकता रहेको भन्दै पहल गरिदिन आग्रह गरेका छन । निवर्तमान अर्थमन्त्री शर्मा नेकपा (माओवादी केन्द्र) की नेतृ लमही नगरपालिका वडा नम्बर ५ निवासी द्रोपदा पौडेलको निधनमा श्रदाञ्जली ब्यक्त गर्न र परिवारमा समवेदना प्रकट गर्न लमही आएका थिए ।

प्रतिक्रिया दिनुहोस्