दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३१ जना घाइते

दाङ समाचार
दाङ समाचार ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भएर सडक छेउँमा पल्टिंदा भएको आगलागीमा परेका मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

सख्त घाइते ६ जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डिएसपी पाठकका अनुसार बसमा ३१ जना सवार थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्