कञ्चनपुरमा ५ वर्षीया बालिका बलात्कृत, ५५ वर्षीय पुरुष पक्राउ

दाङ समाचार
दाङ समाचार ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडाैँ – कञ्चनपुरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय एक ब्यक्ति पक्राउ परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका-२ कञ्जकी ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा लालझाडी-२ कै कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

पीडित परिवारले बालिका बलात्कार भएको मौखिक जानकारी गराएपछि रानालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए। प्रहरी निरीक्षक भण्डारीका अनुसार रानालाई अहिले इप्रका बेलौरीको थुनामा राखिएको छ।

स्थानीयका अनुसार पक्राउ परेका राना ती बालिकाका हजुरबुवा नाता पर्छन्। उनी त्यहाँका ‘भगत’ पनि हुन्। अहिले वालिकाकालाई सेती प्रादेशिक अस्पताल धनगढीमा परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्