नेपाल-बंगलादेश जलस्रोत समितिको बैठक काठमाडौंमा

दाङ समाचार
दाङ समाचार १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौँमा सुरु भएको छ । झन्डै १५ वर्षपछि नेपाल र बंगलादेश बीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको हो ।

अघिल्लो बैठक सन् २००८ को फेबु्रअरी २६ देखि २९ सम्म भएको थियो । दुई दिन चल्ने बैठकमा जलस्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुने बताइएको छ ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गर्नुभएको छ ।

बैठकमा जलवायु परिवर्तनको मुद्दा एवं जल तथा मौसम सम्बन्धी तथ्याङ्कहरूको आदान–प्रदानका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्