प्रतिवेदन तयार भयो, केछ त्यो प्रतिवेदन भित्र !

दाङ समाचार
दाङ समाचार १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – बजेटको करको दायर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको अन्तिम बैठक सकिएको छ ।

बैठकले प्रतिवेदन तयार गर्ने कुरा सम्पन्न भएको समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले जानकारी दिए। उनले प्रतिवेदन शुक्रबार सभामुखलाई बुझाइने बताए । प्रतिवेदनमा के कुरा लेखिएको छ भन्ने उनले खुलाएनन्। प्रतिवेदन हेरिसकेपछि सबै थाह हुने उनले सञ्चारकर्मीलाइ जवाफ दिए।

यस्तै एमालेबाट समितिमा रहेका खगराज अधिकारीले प्रतिवेदन अन्तिम चरणमा रहेको र सबैले आ–आफ्नो कुरा राखेको बताए । कतिपय कुरामा सर्वसम्मति भए पनि कतिपय कुरा छलफल हुन बाँकी रहेको उनको भनाइ छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्