जिउंदै कछुवासहित दुई जना प्रहरीको नियन्त्रणमा

दाङ समाचार
दाङ समाचार १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– नेपाल प्रहरीले २३ वटा छत कछुवासहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–६ बौद्धस्थित सिद्धार्थ ओरालो नजिक छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ घर भइ टोखा बस्ने २१ वर्षीय रमेश डंगोल र सुनसरीको बराह नगरपालिका–९ प्रकाशपुर घर भइ हाल टोखा–३ बस्ने २१ वर्षीय अनुराग मगर रहेका छन्।

प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीद्वारा चेकजाँच गर्ने क्रममा छत कछुवा जिवितै फेला पारी उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्