किर्ते गर्ने डिएसपी साहबको जागिर चैट !

दाङ समाचार
दाङ समाचार १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – किर्ते नागरिकता बनाएर जागिर खाएको अभियोगमा एक डिएसपीलाई ८ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना भएको छ। दोषी ठहर भएसँगै उनको जागिर समेत गएको छ।

प्रहरी नायव उपरीक्षक रमेश सिंहलाई विशेष अदालत काठमाडौँले दोषी ठहर गरेको हो। यसअघि गरेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक भएको हो। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले दोषी ठहर गरेको हो ।

सिंहले जन्म मिति २०३२ साल भए पनि २०३३ साल बनाएर एलएलसीको चारित्रिक प्रमाणपत्र लिएका थिए। त्यसकै आधारमा नागरिकता बनाएर जागिर खाएपछि उनी अख्तियारको अनुसन्धानमा परेका हुन्।

२०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्ना हुन उनले आवेदन दिएका थिए। तर लोक सेवा आयोगले २०६१ सालमा मात्रै नतिजा सार्वजनिक गरेको थियो। आवेदन दिँदा उनी २५ वर्ष नाघिसकेको पाइएपछि दोषी ठहर भएका हुन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्