विद्यालयको बसले किच्दा तीन वर्षिया बालिकाको मृत्यु

दाङ समाचार
दाङ समाचार १३ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – विद्यालयको बसले किचेर दाङमा एक स्कुले बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर उत्तर टोल निवासी भिमसेन थापाकी तीन वर्षिया छोरी पुजा थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

शुक्रबार बेलुका पौने पाँच बजेको समयमा पुजा अध्ययनरत न्यु मुनराइज इङ्लिस बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले झर्ने क्रममा पछाडीको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन, उपचारका लागि लमही अस्पताल लगिएको र अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

पुजालाई किच्ने विद्यालयको बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्