दाङ – प्रहरी हिरासतमा रहेकी महिलालाई सोधपुछका बहानामा राती २ बजे कोठामा बोलाएर यौन दुर्व्यवहार गरेकाे आराेपमा एक असई पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईले हिरासतमा रहेकी एक महिलालाई करणी गरेकाे आराेपमा उनलाई पक्राउ गिरएकाे हाे।
पीडित महिलाको जाहेरीको आधारमा असई चौलागाईविरुद्ध करणीकाे मुद्दा दर्ता गरी उनलाई हिरासतमा राखिएकाे बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।
असई चौलागाईले बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई सोधपुछको बहानामा राती २ बजे कोठामा बोलाएर बलात्कारको प्रयास गरेका थिए। त्यही बेलामा गस्तीमा गएको गाडी फर्किएर आएपछि पोल खुल्ने डरले असई चौलागाईले महिलालाई फिर्ता पठाएका थिए।
महिलालाई राती असईले कोठामा बोलाएपछि अरु थुनुवाले होहल्ला गरेका थिए। असई चौलागाई इप्रकाको मुद्दाफाँटमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्