१३ जना एसपीको काज सरुवा, चार जिल्लाका प्रहरी प्रमुख फेरिए

दाङ समाचार
दाङ समाचार १५ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। काज सरुवाको निर्णयअनुसार चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुखको फेरबदल गरिएको हो।

उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितलाई पठाइएको छ।सीआईबीका प्रवक्तासमेत रहेका श्यामकुमार महतोको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरी सरुवा भएको छ भने सुनसरीमा कार्यरत संजयसिंह थापा सीआईबी सरुवा भएका छन।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्