काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

दाङ समाचार
दाङ समाचार १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका छन्।

श्रीमान्–श्रीमतीसहित छोरी र छोरा मृत फेला परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए।

‘एकै परिवारका ४ जना मृत फेला परेका छन् । श्रीमान्–श्रीमती तथा १ बालिका र १ बालक मृत फेला परेका भन्ने जानकारी आएको छ,’ एसएसपी भट्टराईले भने। अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थल पुगेको छ ।

मृत्युको कारण भने नखुलेको प्रहरीले जानकारी दिएको छ। ‘अहिले प्रारम्भिक जाँचबुझ भइरहेको छ। मृत्यु हो वा हत्या भन्ने विषय खुलेको छैन,’ एसएसपी भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्