एकैदिन थपिए ८९५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १६ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६८ पुगेको छ।

सोमबार २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९३४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ३ हजार ६८५ पीसीआर तथा २ हजार २२४ एन्टिजेन परीक्षण भएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्