चुनावको मिति तोक्नुअघि गठबन्धनका दलबीच छलफल

दाङ समाचार
दाङ समाचार १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति तोक्नुअघि गठबन्धनमा आबद्ध दलहरुसँग छलफल गरेका छन्।

देउवाले बुधबार दिँउसो चुनावको मितिबारे पाँच दलीय गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँग छलफल गरेका हुन्।

दिउँसो ४ बजेपछि बैठक सुरु भएको छ। सरकारले आउँदो मंसिर ४ गते लागि एकै चरणमा गर्ने गरी चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगले मंसिर २ का लागि सुझाव दिए पनि सरकार र गठबन्धनमा आबद्ध दलहरु मंसिर ४ गतेका लागि तयार भएका छन्। संभवत बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्