आठ वर्षिया बालिकालाई जबर्जस्ति गर्ने पक्राउ

दाङ समाचार
दाङ समाचार १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

दाङ – आठ वर्षिया बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ शान्तीनगर गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय चमन विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

मंगलबार दिउँसो शान्तिनगर गाउँपालिका-५ निवासी ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचना प्राप्त भएपछी विकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिओया अगाडी बढाएको छ”- प्रमुख काफ्लेले भने ।

विकलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बिजौरीस्थित आफन्तको घरमा लुकिछिपी बसीरहेको अवस्थामा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विकले बालिकालाई उनको घरदेखि एक सय मिटर टाढा मकैबारीमा लगेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ । बालिकाको अवस्था भने सामान्य रहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्