लुम्बिनी प्राविधिक विश्व विद्यालयलको उपकुलपतिमा ढकाल नियुक्त

दाङ समाचार
दाङ समाचार २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्ने तयारी गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले ढकाललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

गणित विषयका प्रोफेसर ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका सेमलार निवासी हुन् । ढकाल नेपाली कांग्रेस निकट हुन् । सरकारले बाँकेको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने तयारी गरेको छ ।

विश्वविद्यालय सञ्चालनका लागि ढकालको पहिलो नियुक्ति हो । विश्व विद्यालय सञ्चालनका लागि धेरै काम गर्न बाँकी रहेकाले कहिलेदेखि सञ्चालनमा आउँछ भन्न नसकिने नवनियुक्त उपकुलपति ढकालले बताए ।

सरकारले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको अनुगमन अधिकृतमा ६ महिनाका लागि पत्रकार टक सुनारलाई नियुक्त गरेको छ । चुनावको मिति घोषणा हुनु केही घण्टाअघि भएको मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयहरू औपचारिकरुपमा सार्वजनिक भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्