लोक नृत्यको उपाधि ज्योतिष्मतीलाई

दाङ समाचार
दाङ समाचार २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

देउखुरी – लमहीमा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन लमही नगर समितिको आयोजनामा भएको प्रतियोगितामा आठ वटा संस्थागत विद्यालयले भाग लिएका थिए ।

प्रतियोगितामा प्रथम ज्योतिष्मती विद्यापीठ लमही, दोस्रो गोरखा बोर्डिङ स्कुल लमही र तेस्रो रोजी बड्स बालबाटिका विद्यालय लमही भएको छ ।

उत्कृष्ट हुने विद्यालयलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको छ । प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशमबहादुर बूढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त दिएका थिए ।

निर्णायक मण्डलमा शेषमणी अधिकारी, प्रविण रेग्मी र ममता चौधरी रहेका थिए । गोविन्द खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव लोकमान रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्