पार्टी जनतासंग जोडिनै पर्छ – महरा

दाङ समाचार
दाङ समाचार २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णवहादुर महराले राजनीतिक दल तल्लो तहका जनतासंग जोडिन आवश्यक रहेको बताए । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटि सल्लाहकार द्रोपता पौडेलको श्रद्धाञ्जली कार्यक्रममा पूर्वसभामुख महराले दलहरु जनतासंग नजोडिदा जनगुनाशो बढी आउने गरेको बताए । उनले भने,–। ‘जनतासंग नजोडिदा जनता र पार्टी विचको दुरी कम भएको भन्दै, अब जनभेटघाटको कार्यक्रमलाई निरन्तता दिदै जनमुखी काम गर्न आवश्यक छ ।’

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय उपाध्यक्ष महराले माओवादीको केन्द्रिय सम्मेलनले जनतासंग जोडिने गरी कार्यक्रम ल्याएको जानकारी दिए। माओवादी पार्टीमा पनि आधार छोडेको जस्तो देखिएको स्विकार्दै, जनजीवीकाका सवालमा केन्द्रित भएर महाधिबेसनमा समिक्षा गरिएको जानकारी दिए । महराले भने ‘अहिले पार्टीमा समस्या कम भएको र महाधिबेशन पछी प्रगती पनि देखिन थालेको छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेशकी साँसद दामा शर्मा लगायतको सहभागिता रहेको थियो । दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी स्वर्गिय द्रोपता पौडेल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट लमही नगरपालिकामा नगर प्रमुखमा उम्मेदवार बनि पराजीत भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्