विपन्न मुस्लिमको लागी जनता आवास मार्फत पक्कि घर बनाइदै

दाङ समाचार
दाङ समाचार २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – अति विपन्न मुस्लिम परिवारको जनता आवास मार्फत पक्कि घर निर्माण सुरु भएको छ । लमही नगरपालिका वडा नं. ५ सुनखोली निवासी रमजान अहमदको घर निर्माण सुरु भएको हो ।

सहरी विकास तथा भवन कार्यालय मार्फत चालु आर्थिक बर्षमा स्विकृत बार्षिक कार्यक्रमबाट अहमदको घर निर्माण थालिएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले घरको जग शिलन्यास गरेका छन । जनता आवास मार्फत अति विपन्न दलित, मुस्मिल र लोपन्मुख जातीको लागी पक्कि घर निर्माण गर्ने नीति अनुसार रमजानको घर निर्माण थालिएको हो ।

‘पानी झरी होस, हावा हुरी चलेको बेलामा राम्रो ओत चाहिन्छ । घर बन्यो भने पानी झरी, चर्काे घाम, हावाहुरी, किराकाँटीको डर हुने छैन्’ उनले भने –‘ढुक्कले नयाँ घरमा बास बस्न सकिन्छ ।’

चालु आर्थिक बर्षमा दाङ क्षेत्र नं. १(ख)मा २१ वटा घर जनता आवास मार्फत निर्माण हुदैछन् । जग शिलान्यास कार्यक्रममा लमही नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी, नेकपा एमाले लमही नगर ईञ्चार्ज रतनकुमार केसी लगायतको उपस्तिथी रहेको थियो । दुई कोठा, एउटा बरण्डा भएको, पक्कि ईट्टाको गारो, टिनको छानो र एउटा शौचालय सहित घर बनाइने छ । एउटा घर निर्माण गर्न तीन लाख ३६ हजार रुपैयाँ अनुदान दिइने छ ।

प्रतिक्रिया दिनुहोस्