पढाई बाहेक अतिरिक्त कुराको पनि ज्ञान हुन जरुरी – अध्यक्ष भुसाल

दाङ समाचार
दाङ समाचार २१ श्रावण २०७९, शनिबार
3 Min Read
Aa

दाङ – प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालले आगामी दिनहरुमा विद्यार्थीहरुको क्षमता अभिबृद्दी हुने खालका कार्यक्रम गर्दै जाने अध्यक्ष भुसालले बताए । पढाई मात्र भएर पुग्दैन, पढाई बाहेक अतिरिक्त कुराहरुको पनि ज्ञान हुन जरुरी छ’- भुसालले भने । बाहिरि ज्ञानको बारेमा जानकार भएनन् भने त्यस्ता विद्यार्थीले सफलता हाँसिल गर्न नसक्ने उनको भनाई छ ।

तीन बिद्याका प्रतियोगिता सम्पन्न

प्याब्सन लमही नगर समितिले विभिन्न विद्याका तीन वटा कार्यक्रम सम्पन्न गरेको छ । यहि साउन १८ गते हाजिरीजवाफ प्रतियोगिता, १९ गते चित्रकला प्रतियोगिता र २० गते लाेक नृत्य प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालले जानकारी दिए ।

पहिलो दिन आधारभुत तह ( कक्षा ६-८) स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्याब्सन अन्तर्गतका ९ वटा विद्यालय सहभागी भएका थिए । प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशम बहादुर बुढाको प्रमुख आतिथ्य र प्याब्सन दाङका उपाध्यक्ष राजु यादवको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हाजिरीजवाफ प्रतियोगितामा गोरखा स्कुल लमही प्रथम, ज्याेतिष्मती विद्यापीठ दाेस्राे र जइन्द्रसिंह मावि तेस्रो भएका छन ।

कार्यक्रममा स्वागत तथा बिषय प्रवेश लमही नगर प्याब्सनका कोषाध्यक्ष कान्ता प्रसाद चाैधरीले गरेका थिए भने कार्यक्रमको सहजीकरण प्याब्सन लमही नगर समितिका सचिव लोकमान रिजालले गरेका थिए । कार्यक्रममा ९ वटै विद्यालयका प्रिन्सिपलहरूको सहभागिता भएका थिए ।

त्यस्तै दोस्रो दिन आयोजना गरेको चित्रकला प्रतियाेगितामा लमहीमा रहेको जइन्द्र बोर्डिंग स्कूलका विवेक यादव प्रथम भएका छन। त्यस्तै लर्ड बुद्ध विद्यालयका बिनिता भण्डारी द्वितीय , राेजी बाल बाटिका विद्यालयका नवीन यादव तृतीय, बर्नहर्ट स्कूलकी बिभाषा चाैधरी र लर्ड बुद्ध स्कूलका आयुष वली सान्तवना भएका छन ।

प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षता, प्याब्सन दाङ प्रमुख सल्लाहकार रेशम बहादुर बुढाको प्रमुख आतिथ्यता र प्याब्सन दाङका उपाध्यक्ष राजु यादवको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिषय प्रबेश तथा स्वागत मन्तब्य प्याब्सन लमही नगर समितिका कोषाध्यक्ष कान्ताप्रसाद चाैधरीले गरेका थिए भने प्याब्सन लमही नगर समितिका सचिव लोकमान रिजालले गरेका थिए । बेबिज क्यासल स्कुलको प्रांगणमा आयोजना गरेको उक्त प्रतियोगितामा नौ वटा विद्यालयका छात्र तथा छात्राको सहभागिता रहेको थियो ।

त्यस्तै तेस्रो तथा अन्तिम दिन अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन लमही नगर समितिको आयोजनामा भएको प्रतियोगितामा आठ वटा संस्थागत विद्यालयले भाग लिएका थिए ।

प्रतियोगितामा ज्योतिष्मती विद्यापीठ लमही प्रथम, गोरखा बोर्डिङ स्कुल लमही द्वितीय र रोजी बड्स बालबाटिका विद्यालय लमही तृतीय भएका छन । उत्कृष्ट हुने विद्यालयलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको छ । प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशमबहादुर बूढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र क्षेत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए । निर्णायक मण्डलमा शेषमणी अधिकारी, प्रविण रेग्मी र ममता चौधरी रहेका थिए । गोविन्द खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव लोकमान रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्