गढवामा कम्प्युटर तालिम सञ्चालन हुने

दाङ समाचार
दाङ समाचार २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

दाङ – थारू कल्याणकारिणी सभा क्षेत्रीय समिति देउखुरीको बैठक लमहीमा शनिबार सम्पन्न भएको छ ।

समितिका सभापति प्रकाशकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले लमहीमा सन्चालन गरे जस्तै गढवा तालिम केन्द्रमा कम्प्युटर तालिम सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकले साउन २८ गते शहरी बिकास तथा भवन निर्माण मन्त्री मेटमणी चौधरीलाई स्वागत गर्ने, जापानी सहयोगी केनाई चिरो साकोनलाई स्वागत गर्ने, गोकुल चौधरीको संयोजकत्वमा राहत कोष उपसमिति, रम्भा चौधरीको संयोजकत्वमा लेखा उपसमिति समेत गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्