वन मौरी ( भिरे) ले टोक्दा दाङमा एक जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

दाङ – दाङको देउखुरीमा वन मौरी (भिरे) ले टोक्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवाका ३५ वर्षिय खीमबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए।

शनिबार अपरान्ह ५ बजेको समयमा साथिहरुसंग घर नजिकैको जंगलमा वन मौरी (भिरे) को चाका काट्न गएका थिए । सिमलको रुखमा मौरी काट्न चढेका बेला मौरीले टोकेर गम्भीर घाइते भएका खीमबहादुरलाई उपचारका लागि लमही अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक कुमालको शवलाई पोस्टमार्टमका लागि लमही अस्पताल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्