विद्युत् सर्ट हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

दाङ समाचार
दाङ समाचार २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ धारापानी गाउँमा विद्युत् सर्ट हुँदा एकजनाको मृत्यु भएको छ। प्रशारण लाइनमा विद्युत् सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण भएको स्थानीयवासी यामबहादुर केसीले बताए।

स्थानीय मिलनचोकी प्रहरी चौकीका इन्चार्ज मुक्ति खड्काका अनुसार करेन्ट लागेर धारापानीकी ५० वर्षीया सीता क्षेत्रीको मृत्यु भएको छ।

घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको उनले जानकारी दिए। उनका अनुसार करेन्ट लागेर १२ जना घाइते भएका छन्। हाइभोल्टेज लाइनका कारण गाउँका करिब दुई सय घरधुरीका मिटरबक्स जलेका छन्। वितरण लाइन चुँडिएर स्थानीयवासी प्रताप आचार्यको फार्मका १६ बाख्रा मरेका छन्।

विद्युत् कार्यालयको लारबाहीका कारण दुःखद् घटना घटेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए। घटनास्थलमा अहिले पालिका अध्यक्ष आचार्य, वडाका जनप्रतिनिधि र प्रहरी टोली पुगेका छन्। टान्सफर्मरबाट वितरण लाइनमा हाइभोल्टेज विद्युत् प्रसारण भएकाले घटना घटेको हुनसक्ने अनुमान गरिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्