२८ औँ विश्व आदिवासी दिवसकाे अवसरमा निकालियाे र्‍याली

दाङ समाचार
दाङ समाचार २४ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडाैँ – आज २८ औँ विश्व आदिवासी दिवस। अगस्ट ९ मा याे दिवस मनाइँदै आइएकाे छ। दिवसकाे अवसरमा आज र्याली निकालिएकाे छ।

र्याली भृकुटीमण्डपदेखि कमलादी प्रज्ञा भवनसम्म निकालिएकाे हाे। नेपाल आदिवासी जनजाति महासंघ, नेपाल शेर्पा संघ, नेपाल लाेकतान्त्रिक आदिवासी जनजाति महासंघलगायतले र्याली निकालेका हुन्।

संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो। नेपालका आदिवासी जनजातिले १९९५ देखि यो दिवस मनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्