कोशीटप्पु वन्यजन्तु आरक्षमा शिकार गरेको आरोपमा ७ जना पक्राउ

दाङ समाचार
दाङ समाचार २५ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाली सेनाले कोशीटप्पु वन्यजन्तु आरक्षमा चित्तलको शिकार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले बुधबार श्रीलंका टप्पुस्थित भागलपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

सेनाले उनीहरुको साथबाट ६३ केजी जनावरको मासु, २ नाल भरुवा बन्दुक, एक प्याकेट टिका बारुद, ४ वटा खुकुरी बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई बुझाइएको सेनाले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्