ब्राउनसुगरको कारोबारमा संलग्न भारतीय नागरिकसहित ४ जना पक्राउ

दाङ समाचार
दाङ समाचार २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – झापाको विभिन्न स्थानबाट लागु औषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ३ झोलुङगे पुलबाट भारतबाट नेपाल तर्फ आउँदै गरेका भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ बर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरेको हो।

यस्तै, बुधवार बेलुका लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ चारपानेबाट सोही स्थान बस्ने ३६ बर्षीय बद्री राजवंशीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ।

बुधवार नै राति ८ बजे झापाकै दमक नगरपालिका ९ ईटाभट्टाबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटरसाइकलमा सवार रहेका गौरादह नगरपालिका १ बस्ने ३३ बर्षीय भिम बहादुर श्रेष्ठ र ३२ बर्षीय मोहन सिलवाललाई ब्राउन सुगर २५ ग्राम र नगद १० हजार सहित पक्राउ गरेको हो।

लागु औषध ब्राउनसुगरसहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्